नियम
पद सङ्ख्या निर्धारण
  (१) नियम ३ बमोजिम रिक्त पदको माग सङ्कलन भएपछि त्यस्तो पदको सेवा शर्त सम्बन्धी प्रचलित कानूनमा उल्लेख भएको प्रतिशत बमोजिम आयोगले पद सङ्ख्या निर्धारण गर्नेछ ।
(२) उपनियम (१) बमोजिम पद सङ्ख्या निर्धारण भएपछि सोस“ग सम्बन्धित विज्ञापन रद्द भई वा अन्य कुनै कारणले पदपूर्ति हुन नसकेमा त्यसपछि माग हुने पद समेतलाई गणना गरी पद सङ्ख्या निर्धारण गरिनेछ ।
(३) उपनियम (२) बमोजिम कुनै कार्यालयको लागि राजपत्र अनड्ढित पद पूर्तिको लागि माग गरि सकेपछि त्यस्तो पद सरुवाद्वारा पूर्ति गर्न सकिने छैन ।